नेपाल सरकार
नेपाल गुणस्तर तथा नापतौल विभाग
बालाजु, काठमाण्डौ, नेपाल

अध्यावधिक मिति : २०१८-०१-२९

भौतिक गुणस्तर निर्शारण शाखा

-

भौतिक प्रयोगशाला शाखा

-

रसायनिक तथा अन्य गुणस्तर निर्धारण  शाखा

-

टेक्सटायल, लेदर तथा पेपर  प्रयोगशाला शाखा

-

रसायन तथा  माईक्रो वायोलोजी प्रयोगशाला शाखा

-१.परिचय

सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्न र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रदान गर्न नेपाल गुणस्तर प्रमाण चिन्ह ऐन, २०३७ र नियमावली, २०४० अनुरुप स्थापित नेपाल गुणस्तर तथा नापतौल विभागको गुणस्तर निर्धारण तथा प्रयोगशाला महाशाखा अन्तर्गत रसायन तथा माईक्रोबायोलोजी प्रयोगशाला शाखा रहेको छ ।

विभन्न औद्योगिक वस्तुहरुमा नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गर्ने अभिप्रायका साथै विभिन्न सरकारी निकायबाट प्राप्त र अन्य निकासी तथा पैठारी गर्ने वस्तु तथा पदार्थहरुको रासायनिक तथा जैविक परिक्षण गर्नका लागि स्थापित यस प्रयोगशालाले सन् २०१४ देखि भारतको National Accreditation Board of Testing and Calibration Laboratories (NABL) बाट ISO/IEC 17025 अनुरुप विभिन्न ११ वटा वस्तुको ८८ वटा पारामिटर परिक्षणका लागि एक्रिडिटेसन प्राप्त गरेको छ ।

२. मुख्य कार्यहरु

  • विभागका वस्तु प्रमाणिकरण र निरीक्षण तथा बजार अनुगमन शाखाबाट संकलन गरिने बिभिन्न नमुनाहरु जस्तै सिमेन्ट, फलामे डन्डी/छड, विभिन्न खाद्य पदार्थहरु, पेट्रोलीयम पदार्थहरु, टेक्सटायल (रासायनिक पारामिटर मात्र), पेन्ट्स, कोईला आदीका साथ साथै सरकारी, गैर सरकारी तथा अन्य सरोकारवालाहरुबाट नमुना व्यवस्थापन इकाई मार्फत प्राप्त हुने नमुनाहरुको रासायनिक तथा जैविक परीक्षण गरी परीक्षण नतिजा उपलव्ध गराउने ।
  • नेपाल गुणस्तर निर्धारण कार्यका लागि भौतिक गुणस्तर निर्धारण शाखा र रासायनिक तथा अन्य गुणस्तर निर्धारण शाखालाई अध्ययन अनुसन्धान कार्यमा सहयोग गर्ने ।

३. शाखामा प्रयोगमा रहेका मुख्य उपकरणहरु :

  • Gas Chromatography Mass Spectrometer (GC-MS), Shimadzu, Japan
  • Atomic Absorption Spectrometer (AAS), Varian (Agillent)
  • Carbon Sulphur Analyzer (CS Analyzer), Eltra Germany
  • High Performance Liquid Chromatography (HPLC), Agillent, USA
  • Refractometer,  Bellington, UK